रिम्बिक लोधोमा समष्टिको सेपी र राजाभिरबाट 17 घर गोजमुमो त्यागेर हाम्रो पार्टी-मा सामेल

बिजनबारी : रिम्बिक लोधोमा समष्टि अन्तर्गत सेपी र राजाभिरबाट 17 घर गोजमुमो पार्टी त्यागेर हाम्रो पार्टीमा सामेल भएको छ। मन बहादुर राईको अध्यक्षतामा सम्पन्न हाम्रो पार्टी-को सभामा समष्टि कोडिनेटर बुद्ध लक्सम र सुभाष सुब्बाको उपस्थिति रहेको थियो। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको भिजन र तिनको समाज सेवा प्रति अनुकूल भएर आफ्नो बचन पुरा गरिरहेको देखेर पार्टीका समष्टि को-ओर्डिनेर बुद्ध लक्सम र सुवास सुब्बाको अगुवाइमा 17 घर हाम्रो पार्टीमा सामेल भएको बताइएको छ। यसै सभामा 23/4 राजाभिर बुथलाई लिएर कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति सुरेश राई, उपसभापति डिमान राई, महासचिव विवेक राई, सहसचिव रञ्जित राई, कोषाध्यक्ष देवराज राई, प्रमुख सल्लाहकारमा महेश राई, करण मुखिया, मन बहादुर राई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *