रिम्बिक लोधोमा समष्टिमा गोर्खा जनमुक्ति मोर्चाद्वारा शहीद दिवस पालन

सुकेपोखरी: रिम्बिक लोधोमा समष्टिमा गोर्खा जन मुक्ति मोर्चाद्वारा शहीद दिवस पालन गरियो। शहीद कुमार राईको परिवार प्रतिनिधि दिल्ली राईको प्रमुख उपस्थितिमा युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ ,समष्टि केन्द्रीय प्रतिनिधि नरेन्द्र काम्बाङ ,महकुमा प्रतिनिधि भक्त दिल्पाली, समष्टि संयोजक मणिकुमार सुब्बाको उपस्थितमा कार्यक्रम सम्पन्न गरियो। गोर्खाल्याण्ड आन्दोलनमा प्राण आहुति दिने शहीदहरुलाई खादा दीप प्रज्वलन गरेर श्रद्धाञ्जलि अर्पण गर्नको साथै शहीदका परिवारलाई स्मृति चिन्ह प्रदान गरियो। भक्त खडकाद्वारा सञ्चालित समारोहमा भक्त दिल्पाली, प्रकाश गुरुङ, नरेन्द्र काम्बाङले कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान राजनीतिबारे आफ्नो पार्टीको पक्ष अनि तर्क राखे। कार्यक्रममा समष्टिको पार्टी शाखा-प्रशाखाका प्रतिनिधिहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *