रिम्बिक लोधोमा समष्टिमा दुईवटा बाटोको शिलान्यास

रिम्बिक: रिम्बिक लोधोमा समष्टिमा आज भिन्ना-भिन्नै कार्यक्रमबीच दुईवटा बाटोको विधिवत रूपमा शिलान्यास गरियो। झेपी ग्राम पञ्चायत अधीनस्थ अप्पर सुम्बुक हुँदै रेलिङ कैजले समष्टिसित रिम्बिक लोधोमा समष्टिलाई जोड्ने पाँच किलोमिटर तथा रिम्बिक साबा गाउँलाई दिलपाली गाउँसित जोडने दुई किलोमिटर बाटोको आज शिलान्यास गरियो। गोजमुमो समष्टि सभापति नोर्देन शेर्पाको प्रमुख उपस्तिथिमा आयोजित दुईवटा कार्यक्रममा विभागीय अधिकारीहरू लगायत सर्वसाधारण मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *