रिम्बिक उप-स्वास्थ्य केन्द्र पूर्ण स्वस्थ्य केन्द्रका रूपमा बढोत्तरी

रिम्बिक: रिम्बिक ग्राम पञ्चायत अन्तर्गत पर्ने रिम्बिक उप-स्वास्थ केन्द्र बदोत्तरी भएर स्वास्थ केन्द्रमा परिवर्तन भएको छ। हालसम्म महिला एवं बाल-बालिका सुस्वास्थ्य हेतु साताको तीनदिन मात्रै सञ्चालित हुने उक्त केन्द्र अबउसो छुट्टी वाहेक साताभरि खुल्ला रहने भएको छ। हिजो एउटा कार्यक्रमको साथमा उक्त स्वास्थ केन्द्रको विधिवत् रूपमा शुरूवात गरियो। कार्यक्रममा एएनएम, आशाकर्मी, आँगनवाडी कर्मचारीहरू लगायत वरिपरिका मानिसहरू उपस्थित थिए। पश्चिम बंगाल सरकारको अनुमोदन एवं स्वीकृतिमा यो केन्द्र उप-स्वास्थ्यदेखि बढोत्तरी भएर पूर्ण स्वास्थ्य केन्द्र बन्न पुगेको छ। अब यस केन्द्रमा कार्यरत कर्मचारी साथै थप अधिकारी सीएचओ पनि नियुक्ति हुने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *