रिम्पोर्छे पेम्बा लामाद्वारा बालासन क्षेत्रमा विभिन्न सर-समानहरू वितरण

खरसाङ: खरसाङको स्वामी लासाङ तीन गुम्बाको रिम्पोर्छे पेम्बा लामाले कोरोना महामारीमा बालासन क्षेत्रमा विभिन्न सर-समानहरू वितरण गरे। तिनले बालासन क्षेत्रका मानिसहरूलाई माक्स, सेनिटाइजर, साबुन, मेडिकल सर -सामानहरू जस्तै कफ सिरफ, प्यारासिटमल, डाईरिया र भमिटिङका दबाईहरू पनि वितरण गरेका छन्। रिम्पोर्छे पेम्बा लामा अहिलेको कोरोना भाइरसको महामारीबीच मानिसहरूलाई सहयोग गर्नलाई ग्राउण्ड जिरोमा खटिरहेका छन्। तिनले खरसाङको विभिन्न क्षेत्रहरूमा खाद्यान्न सामाग्री, दवाईहरू लगायत विभिन्न सर-सामानहरू वितरण गरेर समाज सेवाको कार्य गरिहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *