रिम्पोर्छेद्वारा मकैबारी र अम्बटे क्षेत्रमा समानहरू वितरण

खरसाङ : खरसाङको सामी लाखाङ गुम्बाको धर्म गुरु रिम्पोर्छे पेम्बा लामाले खरसाङको मकैबारी र अम्बटे क्षेत्रमा विभिन्न सर समानहरू वितरण गरे। कोरोना महामारीको समय रिम्पोर्छे पेम्बाले लगातार रुपमा विभिन्न क्षेत्रहरूमा गएर खाद्यान्न सामग्रीहरू लगायत दबाई पानी र अन्य सर सामानहरू वितरण गरिरहेका छन्। सामी लाखाङ गुम्बाको तर्फबाट यो महामारीमा “जनतालाई बचाऔं र सरकारलाई सघाउ”-को नारासहित दबाई पानीहरू वितरण गरिएको छ। यसपाली मकैबारी, अम्बटे र चेप्टे गाउँतिर मास्कहरू, मिठाई, साबुन, नून, खाने तेल आदि मोठ 132 परिवारलाई सहयोग गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *