रिंगटाङमा गोजमुमो र नारी मोर्चाको शाखा समिति गठन

सोनादा : सोनादा पचेङ समष्टिको रिंगटाङ चियाबारीको बुथ नम्बर 24/26 अन्तर्गत धनबीर बस्तीमा गोजमुमो विनय पन्थीको सभामा शाखा समिति गठन गरियो। उक्त सभामा उपस्थित सोनादा पचेङ्ग समष्टिका सभापति सोनाम तामाङ, उप-सभापति दिपक तामाङ, नारी मोर्चा सभापति बैजन्ती तामाङ, सहसचिव सुमन शर्माअञ्जन राई पञ्चायत (गोराबारी, मारगेरेट्स होप) समन्वयक, जगत घले र सरोज तामाङ उपस्थित थिए। सभामा प्यारेन्ट्स र नारी मोर्चाका प्रतिनिधिहरूको चयन गरी शाखा समिति गठन गरियो। उक्त गोजमुमो शाखा समितिमा सभापति रोहित तामाङ, उप-सभापति रबिन तामाङ, सचिव निर्मल छेत्री, सहसचिव अनिल तामाङ, कोषाध्यक्ष विशाल तामाङ चयन भएका छन्। यसैगरी, नारी मोर्चाको पनि शाखा समिति गठन गरियो, जसमा सभापति नन्दनी तामाङ, उप-सभापति ललिता तामाङ, सचिव प्रभा छेत्री, सहसचिव मुन्ना तामाङ,कोषाध्यक्ष मधु तामाङलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *