राइजिङ स्टार इंग्लिस स्कूल गाडीधुराको वार्षिक समारोह तथा अभिभावक दिवस सम्पन्न

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत गाडीधुरास्थित राइजिङ स्टार इंग्लिस स्कूलको वार्षिक समारोह एवम् अभिभावक दिवस पालन गरियो। स्कूल सञ्चालन समितिका सभापति आरएल रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जीटीए कार्यकारी सभासद कल्पना प्रधान थिए भने अन्य अतिथिहरुमा कार्यकारी सभासद अनोस थापा, मनोनित सभासद प्रणाम रसाइली, जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, समाजसेवी अनु प्रधान, पेमेन्द्र गुरुङ, दुधे प्राथमिक विद्यालयका सह शिक्षक ललित प्रधान, कवीर लामा आदि उपस्थित थिए। विद्यालयका भूतपूर्व विद्यार्थी अनुश्री रामुदामुद्वारा सञ्चालन गरेको कार्यक्रममा स्कूलका प्रधानध्यापिका लक्की छेत्री रामुदामुद्वारा स्वागत सम्बोधन राखेपछि नेपाली नृत्यबाट शुरू भएको रंगारंग कार्यक्रममा संगीता छेत्रीद्वारा निर्देशित कक्षा एलकेजी अनि युकेजी-का नानीहरुको नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो। विद्यालयका प्रधानाध्यापक अनुप रामुदामुले  कार्यक्रमलाई सम्बोधन गर्दै धेरै अभावहरुबीच स्कूल सञ्चालन गर्नु गाह्रो भए पनि गुणस्तरीय शिक्षामा भने तत्पर रहेको र आजसम्म धेरै नानीहरु अव्वल बनाउन अहम भूमिका निर्वाह गरेको बताए। यसको साथै विद्यालयले विपन्न परिवारका केही विद्यार्थीहरुलाई नि:शुल्क शिक्षा प्रदान गरिरहेको तिनले जानकारी गराए।


कार्यक्रममा ईशा थापा लामाद्वारा प्रशिक्षित सामुहिक अङ्ग्रेजी गीत प्रस्तुत गरिएको थियो भने भूतपूर्व सैनिक जीवन थापाद्वारा प्रशिक्षित विद्यार्थी नानीहरुले खुकुरी नृत्य प्रस्तुत गरे। स्कूलको पक्षबाट विभिन्न विधाका चार जनालाई संवर्द्धना जनाइयो, जसमा शिक्षा क्षेत्रबाट पंखाबारी उच्चतर माध्यामिक विद्यालयकी सह-शिक्षिका सारदा मुखियालाई,सुदर्शन प्रधान अम्बटेलाई नेपाली साहित्यको क्षेत्रमा, अनिल राई आम्बो’-लाई नेपाली हाँस्य कलाकरको क्षेत्रमा अनि किरण बराइकलाई बिज्ञान अनि प्रविधिमा सामेल थियो। कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा राइजिङ स्टार इंग्लिस स्कूलले विदियार्थीहरूलाई धेरै राम्रो शिक्षा दिइरहेको बताउनको साथै विद्यालय सञ्चालकको पनि प्रशंसा गरे। भविष्यमा स्कूललाई सक्दो सहयोग पुराउने तिनले वचन दिइन्। आजको कार्यक्रममा वार्षिक परीक्षा फलको घोषणा पनि गरियो जसमा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो। यसवाहेक, सालभरि स्कूलमा गरिएको विभिन्न क्रिया-कलापहरुमा सर्वोच्च हुने विद्यार्थीहरुलाई अतिथिहरुको बाहुलीबाट पुरस्कार प्रदान गरियो। द सिद्धान्त मेमोरियल फोन्डेसन’-द्वारा दिइने तीन हजार रुपियाँको छात्रवृत्ति यस साल सर्वोच्च अङ्क ल्याउने विद्यार्थी सुवास मेहरलाई प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *