रितेस पोर्तेलको समर्थनमा कालेबुङ हाम्रो पार्टी

कालेबुङ: दार्जिलिङ नगरवासीको हितमा तथा भलाईको लागि गरिरहेको कार्यको प्रशंसा गर्दै दार्जिलिङ नगरपालिका अध्यक्ष रितेस पोर्तेलको समर्थनमा हाम्रो पार्टी कालेबुङ शाखाले पनि अघि आएको छ। यता, कालेबुङ नगरपालिकाको पनि मियाद सकिए पछि कुनै पनि राजनीतिक पार्टीका प्रतिनिधिहरूले यहाँको नगरपालिका चलाउन नहुने भन्दै कालेबुङका जिल्लापाललाई ज्ञापन चढाउने कुरा हाम्रो पार्टी कालेबुङ जिल्लाका नेता पेन्जो गम्पुले आज पत्रकार सम्मेलन मार्फत बताएका छन् । स्मरण रहोस, 29 मई 2022 को दिन कालेबुङ नगरपालिका बोर्डको मियाद समाप्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *