रिया चक्रवर्तीको समर्थनमा सिलगढीको सडकमा ओर्लियो कांग्रेसका समर्थकहरू

सिलगढी : रिया चक्रवर्तीसित दुर्व्यवहार तथा पक्राउ गरेको विरुद्ध दार्जिलिङ जिल्ला कांग्रेसले आज सिलगढीमा विरोध प्रदर्शनी गर्यो। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि सोसल मीडियामा रिया चक्रवर्तीलाई सजाय दिनुपर्ने मानिसहरूले माग गरिरहेका छन्। यस घटनाको जाँचमा केही तथ्यहरू अघि आएपछि धेरैवटा घटनामा संलग्न रहेको आरोपमा रिया चक्रवर्तीलाई पक्राउ गरेको छ। रिया चक्रवर्तीलाई पक्राउ गरेकोमा प्रतिवाद जनाउँदै आज दार्जिलिङ जिल्ला कांग्रेसले सिलगढीको सडकमा ओर्लिएर विरोध प्रदर्शन गर्यो। यस अवसरमा शङ्कर मालाकारले रिया चक्रवर्ती राजनीतिको शिकार भएको साथै रियालाई लिएर बिहारको भाजपा सरकारले राजनीति गरिरहेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *