रोड शो कार्यक्रममा एलपीजी ग्यासलाई लिएर भाजपाको खोइरो खने ममता ब्यानर्जीले

सिलगढी : लगातार बढिरहेको पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको मूल्य वृद्धिको प्रतिदवा जनाउँदै आज सिलगढीमा तृणमूल कङ्ग्रेसद्वारा एउटा विराट रोड शो-को आयोजना गरियो। यस अवसरमा उपस्थित तृणमूल नेत्री ममता ब्यानर्जीले सभालाई सम्बोधन गर्दै केन्द्रको भाजपा सरकारको खोइरो खने। सभालाई सम्बोधन गर्दै तिनले मोदी सरकारले देशलाई बिक्री गरिरहेको गम्भीर आरोप लगाइन्। विशेष गरेर एलपीजी ग्यासको मूल्य वृद्धिलाई लिएर केन्द्र सरकारलाई तारो बनाउँदै उपभोक्ताहरूलाई यदि बिना मूल्यमा ग्यास सिलेन्डर वितरण नगरे भाजपाको पक्षमा मानिसहरूले मतदान नगर्ने ममताले दावी गरिन्। कोरोना संक्रमण काल अवधि बङ्गालमा भाजपा सरकार तथा तिनका पार्टीका नेताहरूले कुनै प्रकारको मानिसहरूलाई सहयोग नपुर्‍याएको तर तृणमूल सरकार तथा पार्टीका नेताहरूले यस अवधि मानिसहरूको साथमा रहेको तिनीहरूको आवश्यकीय सबै प्रकारको सहयोग पुर्‍याएको बताइन्।  तृणमूल सरकार सधैँ गरिब तथा साधारण जनताको पक्षमा रहेकोले तिनीहरूको समस्या तथा आवश्यकतालाई पुरा गर्ने भरमग्दुर प्रयास गरिरहेको बताउँदै तृणमूल सरकारले जनताको लागि चौतर्फी विकास गरेको तिनले जानकारी गराइन्। विशेष गरेर एलपीजी ग्यासको मूल्य वृद्धिको विरोधमा नै आउँदो विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले उत्तर बंगालमा चुनाउ प्रचार गर्ने भएको छ। सिलगढीको मल्लागढीदेखि सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै हासमी चोकसम्म निकालिइएको आजको रोड शो-मा तृणमूल नेत्री ममता ब्यानर्जी बाहेक डाबग्राम-फुलबारी क्षेत्रका तृणमूल प्रार्थी गौतम देव, सांसद मिमी, नुसरत लगायत तृणमूलका अन्य विभिन्न आसनका प्रार्थीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *