सिलगढी : लगातार बढिरहेको पेट्रोलियम पदार्थ तथा एलपीजी ग्यासको मूल्य वृद्धिको प्रतिदवा जनाउँदै आज सिलगढीमा तृणमूल कङ्ग्रेसद्वारा एउटा विराट रोड शो-को आयोजना गरियो। यस अवसरमा उपस्थित तृणमूल नेत्री ममता ब्यानर्जीले सभालाई सम्बोधन गर्दै केन्द्रको भाजपा सरकारको खोइरो खने। सभालाई सम्बोधन गर्दै तिनले मोदी सरकारले देशलाई बिक्री गरिरहेको गम्भीर आरोप लगाइन्। विशेष गरेर एलपीजी ग्यासको मूल्य वृद्धिलाई लिएर केन्द्र सरकारलाई तारो बनाउँदै उपभोक्ताहरूलाई यदि बिना मूल्यमा ग्यास सिलेन्डर वितरण नगरे भाजपाको पक्षमा मानिसहरूले मतदान नगर्ने ममताले दावी गरिन्। कोरोना संक्रमण काल अवधि बङ्गालमा भाजपा सरकार तथा तिनका पार्टीका नेताहरूले कुनै प्रकारको मानिसहरूलाई सहयोग नपुर्याएको तर तृणमूल सरकार तथा पार्टीका नेताहरूले यस अवधि मानिसहरूको साथमा रहेको तिनीहरूको आवश्यकीय सबै प्रकारको सहयोग पुर्याएको बताइन्। तृणमूल सरकार सधैँ गरिब तथा साधारण जनताको पक्षमा रहेकोले तिनीहरूको समस्या तथा आवश्यकतालाई पुरा गर्ने भरमग्दुर प्रयास गरिरहेको बताउँदै तृणमूल सरकारले जनताको लागि चौतर्फी विकास गरेको तिनले जानकारी गराइन्। विशेष गरेर एलपीजी ग्यासको मूल्य वृद्धिको विरोधमा नै आउँदो विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले उत्तर बंगालमा चुनाउ प्रचार गर्ने भएको छ। सिलगढीको मल्लागढीदेखि सहरको विभिन्न पथहरूको परिक्रमा गर्दै हासमी चोकसम्म निकालिइएको आजको रोड शो-मा तृणमूल नेत्री ममता ब्यानर्जी बाहेक डाबग्राम-फुलबारी क्षेत्रका तृणमूल प्रार्थी गौतम देव, सांसद मिमी, नुसरत लगायत तृणमूलका अन्य विभिन्न आसनका प्रार्थीहरू उपस्थित थिए।
रोड शो कार्यक्रममा एलपीजी ग्यासलाई लिएर भाजपाको खोइरो खने ममता ब्यानर्जीले

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
