रोगी कल्याण समितिका चेयरम्यानले गरे कुचबिहार मेडिकलको परिभ्रमण

कुचबिहार : कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालको रोगी कल्याण समितिका चेयरम्यान पदमा नियुक्त भएपछि पार्थ प्रतिम रायले आज अस्पतालको परिभ्रमण गरे। यस अवधि चेयरम्यान पार्थ प्रतिम रायले कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालको नामकरणलाई लिएर अस्पतालका एमएसभीपीसँग कुराकानी गरे। स्मरण रहोस्, कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालको नाम महाराजा जितेन्द्र नारायणको नाममा एमजेएन अस्पताल राखिएको थियो। तर अस्पतालको नाम परिवर्तन गरेर सरकारी मेडिकल कलेज एवम् अस्पताल राखेपछि यसलाई लिएर विवाद उत्पन्न भएको थियो। यसैले गर्दा नै नवनिर्वाचित रोगी कल्याण समितिका चेयरम्यान पार्थ प्रतिम रायले आज पहिलो दिन उक्त अस्पतालको परिभ्रमण गरेर यस विषयमा चर्चा-परिचर्चा गरेको बताइएको छ। यसको साथै यस विषयमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई अवगत गराउने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *