रोग प्रतिरोधक क्षमता बढाउन डुवर्सका चियाश्रमिकहरूलाई काढा वितरण

नगरकट्टा : कोरोना संक्रमण रोक्न रोग प्रतिरोधक क्षमता बडाउनको लागि गुडरिक ग्रुप अन्तर्गत डुवर्सको 12 वटा चिया बगानका चिया श्रमिकलाई सप्ताहमा दुईपल्ट आयुर्वेदिक दवाई काढा दिइने कार्यसूचीको शुरुआत गरेको छ। यस तालिकामा होप चाय बगान, जीती, गेन्द्रापाड़ा, लख्खीपाड़ा, आईबिल, चालसा, चिलौनी, लिशरिभर, मीनग्लास, कुमारग्राम, सुनकोश र डेंगुझार सामेल छ।


आज बुधवार नागराकाटा ब्लक अवस्थित होप चिया बगान, बानारहाट थाना अवस्थित गेन्द्रापाड़ा चिया बगानमा श्रमिकहरूलाई रोग प्रतिरोधक शक्ति क्षमता बड़ाउनको लागि आयुर्वेदिक काढा वितरण गरियो। होप चिया बगानका श्रमिक कल्याण अधिकारी र अशोक झाले बताए अनुसार सबै चिया श्रमिकहरूलाई सप्ताहमा दुईपल्ट  आयुर्वेदिक काढा दिने गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *