रोहिणी चिया बगानका बाल-बालिकाहरूले मनाए पर्यावरण मैत्री दिपावली

खरसाङ (निसं) : क्राई एनजीओ-को आयोजनामा खरसाङ महकुमा अन्तर्गत रोहिणी चिया बगानका बाल-बालिकाहरूले पर्यावरण मैत्री दिपावली मनाए। यस अवसरमा कलाकार एवम् कलाको शिक्षक सुदेब घोष र स्वपन बसाक र क्राइ स्वयंसेवी शिक्षिका पूजा कालिकोटेको सहयोगमा बाल-बालिकाहरूले पर्यावरण मैत्री पटेकाहरू लगायत चित्रहरू, रंगोली बनाउने र कागजको लालटेन बनाउन सिकेका छन्।


सम्पूर्ण चिया बगानका बाल-बालिकाहरूको तर्फबाट रोहिणी चिया बगानले क्राई एनजीओ र यसको सम्पूर्ण टोलीलाई विशेष धन्यवाद दिएका छन्। क्राई एनजीओ-ले सम्पूर्ण समाजलाई शान्ति र प्रदुषणमुक्त दिपावली मनाउन सन्देश दिएको छ। विशेष गरेर तिहारमा जनावरहरू र एक-अर्कालाई कुनै प्रकारको नोक्सान तथा हानी नहोस् तर सबैमा एकता र शान्तिको साथ यो दीपावली मनाउन भन्दै सबैलाई आह्वान गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *