रोहिणी चियाकमानमा पर्जापट्टा विषयमा डीटीडीपीएलयु-द्वारा जागरूक

खरसाङ : गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयु खरसाङ महकुमा समितिको आयोजनामा यहाँका चियाबारीहरूमा पर्जा पट्टा विषयमा जागरुक गराउन माइकिङ शुरू गरिएको छ। पूर्खादेखि पसिना र रगतले सिचेर आएको जमीनको प्रजा पट्टा अब चिया बगानको श्रमिकहरूले पनि पाउनु पर्छ भन्ने बिषयमा विभिन्न बगानहरूमा माइकिङद्वारा सचेतना गराउँदै आइरहेको छ। खरसाङ क्षेत्रको चिया बगानहरूमा खरसाङ महकुमा समिति डीटीडीपीएलयुको अध्यक्ष प्रणाम रसाइलीले माइकिङ गर्दै विभिन्न चिया बगानमा जनचेतना अभियान गरिरहेका छन्। यसै क्रममा आज रोहिणी चिया बगानमा समष्टी सदस्य थेबा तामाङ अनि कल्याण राणाको उपस्थितिमा चिया श्रमिकहरूलाई प्रजा पट्टा बिषयमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *