रोहिणीदेखि नयाँ कमानसम्म रोडको सर-सफाई

खरसाङ (निसं): खरसाङको रोहिणीदेखि नयाँ कमानसम्म आउने रोडको सर-सफाई स्थानीय युवाहरूले मिलेर गरेका छन्। रोहिणीदेखि नयाँ कमान आउने रोडको सर-सफाई साथै यो वर्खाको समय नाला झोड़ाहरू ब्लक हुन्छ भनेर नाला-झोड़ाहरू सबैको सर-सफाई गरिएको जानकारी प्राप्त भएको छ। उक्त सर-सफाई कार्यमा नयाँ कमानको सामजिक कार्यकर्ता अजित बल र रे अफ् होपको संयोजक अनिल थापाले पनि सहयोग पुऱ्याएका थिए। उक्त रोड अनि नाला झोड़ाहरूको सर-सफाई कार्यमा गाउँवासीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। उक्त रोड अनि यहाँको नाला झोड़ाहरूको सर सफाई कार्य अब लगातार रूपमा गरिने जानकारी गराइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *