रोहिणीको वृद्ध आश्रमलाई दार्जिलिङ रोटरी क्लबद्वारा 41 हजार रुपियाँको चेक प्रदान

खरसाङ: रोटरी क्लब अफ् दार्जिलिङले विभिन्न ठाउँहरूमा नि: शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गर्नको साथै असहाय गरिब मानिसहरूको सेवा कार्यमा लागी परेको देखिन्छ। यसैक्रममा आज रोटरी क्लब अफ् दार्जिलिङको एउटा प्रतिनिधि टोलीका सदस्यहरूले खरसाङ नजिक रोहिणीको वृद्ध आश्रममा गएर संस्थाको तर्फबाट आश्रमलाई 41 हजार रुपियाँको चेक प्रदान गऱ्यो। यसभन्दा अघि हालैमा आँखाको अपरेशन गरेका 52 जनालाई नि:शुल्क चस्मा वितरण गरेको थियो। यसरीनै सन् 1957 मा स्थापना गरिएको रोटरी दार्जिलिङले गत 2000 सालदेखि प्यारालाइज भएकी तकभर निवासी एकजना 75 वर्षीय महिलालाई पनि व्हिलचेयर दिएर सहयोग गरेको पुऱ्याएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *