रोहिणीको वृद्धाश्रममा मास्क, सेनिटाइजर तथा राहत सामग्रीहरू प्रदान

सुकेपोखरी: ग्रामीण विकास संस्थान डाकमान डाँड़ा सेलेम्बोङ पोख्रेबुङद्वारा खरसाङ महकुमाको रोहिणीस्थित वृद्धाश्रममा मास्क, सेनिटाइजर लगायत केही राहत सामग्रीहरू प्रदान गरियो। संस्थानका अध्यक्ष सीपी प्रधान, सचिव विनोद मास्के, बिमल मास्के, क्याप्टन रबिन दे, कुन्दन जयसवाल, गीता प्रधान तथा प्रशान्ति मास्के आदिको टोलीले कोभिड-19 को बढ़्दो संक्रमण र जारी लकडाउनको कारण हुनसक्ने समस्या एवम् खाद्य सङ्कटलाई ध्यानमा राखेर राहत सामाग्री प्रदान गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *