रोहिणीको मानेकुप क्षेत्रमा पिउने पानी परियोजनाको शिलान्यास

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत रोहिणीको मानेकुप क्षेत्रमा पानीको परियोजनाको आज शिलान्यास गरियो। पीएचई विभागबाट 78 लाख रुपियाँको लागतमा रोहिणीको मानेकुप क्षेत्रमा रहेका लगभग 90 परिवारलाई पिउने पानी उपलब्ध गराउन उक्त पानीको परियोजनाको शिलान्यास गरिएको बताइएको छ। उक्त शिलान्यास कार्यक्रममा पीएचई विभागका अधिकारीहरू लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति तथा जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधान, मनोनित सभासद प्रमाण रसाईली, महकुमा समितिको साङ्गठनिक सचिव गुञ्जन शर्मा, महकुमा प्रचार प्रसार सचिव दिपेन्द्र सेवा, सदस्य पुरण मुखिया, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान आदि उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सचिव ललित प्रधानले यसबारे जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *