रोहिणीमा डीवाईएफआई खरसाङ लोकल कमिटीको सम्मेलन

खरसाङ : डीवाईएफआई खरसाङ लोकल कमिटीको सम्मेलन किस्मत तामाङको सभापतित्वमा आज रोहिणीमा सम्पन्न भयो। यस सम्मेलनबाट 15 जनाको कमिटी गठन गरियो, यसमा सभापति नौराज राई, उप-सभापति सुवर्ण राई, सचिव साजन दियाली, निरज गुप्ता सह सचिव अनि दीपा तामाङलाई कोषाध्यक्षको रूपमा चयन गरियो। सभामा दार्जिलिङ जिल्ला कमिटीका सभापति सचिन खाती, एसएफआई राज्य कमिटीका सदस्य सागर शर्मा, जिल्ला सदस्य किस्मत तामाङको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *