रोहिणीमा पैह्रोले क्षतिग्रस्त पारेको माध्यमिक शिक्षा केन्द्र भवनको निर्माण कार्य शुरू

खरसाङ: खरसाङको रोहिणीमा पैह्रोले क्षतिग्रस्त पारेको माध्यमिक शिक्षा केन्द्र भवनको निर्माण कार्य शुरू गरिएको छ। गत अक्टोबर महिनामा परेको अविरल वर्षाको कारण गएको पैह्रोले रोहिणीस्थित माध्यमिक शिक्षा केन्द्र (एमएसके) भवन पुरै क्षतिग्रस्त पारेको थियो। उक्त भवनको निर्माण कार्य पुन: शुरू गरिएको छ। उक्त एमएसके भवन गत 2010 -मा डीएचआर युके ट्रस्ट, मिशन फर पपुलेशन कन्ट्रोल सिलगढी र श्रीगणेश सहकारी समितिको माध्यमबाट निर्माण गरिएको थियो। उक्त भवनको निर्माण कार्य डीएचआर सपोर्ट ग्रुप दार्जिलिङ, पपुलेशन कन्ट्रोल सिलगढी र श्रीगणेश सहकारी समिति तीनधारेको संयुक्त आयोजनामा शुरु गरिएको छ। उक्त भवनको निर्माण कार्य शुरू गर्दा श्रीगणेश सहकारी समिति तीनधारेका सभापति विनय कुमार छेत्री लगायत प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *