रोहिणी रोडलाई सुबास घिसिङ मार्ग नामकरण गरिनु पर्नेबारे एसडीओ-लाई ज्ञापन

खरसाङ: बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले विगत 7 फरवरी 2018 -मा नै खरसाङ नजिक रोहिणी रोडलाई सुबास घिसिङ मार्ग भनेर नामकरण गरे तापनि जीटीए रोहिणी टोल प्लाजा गेटमा रोहिणी रोड लेखिएकोमा गोरामुमोले आपत्ति जनाएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीले यसको विरोध जनाउँदै आज ब्राञ्च अध्यक्ष निमा लामाको नेतृत्वमा खरसाङका एसडीओ कार्यालयमा गएर ज्ञापन पत्र समेत चढाएर झट्ट भन्दा झट्ट सडकको नाम सुबास घिसिङ मार्ग हुन पर्ने माग राखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *