रोहिणी वाहन दुर्घटनामा 4 जना महिला पर्यटक घाइते

खरसाङ: खरसाङदेखि केही मुनि रोहिणी टोल प्लाजा नजिक आज दार्जिलिङ घुम्न आएका पर्यटकहरू सवार भएको वाहन दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा 4 जना महिलाहरू घाइते भएका छन् भने तिनीहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतालमा लगिएको छ। प्राप्त जानकारी अनुसार वाहनमा सवार पर्यटकहरु शिलाङको वासिन्दा हुन्। आज वाहनमा सवार भएर सिलगढीबाट दार्जीलिङ तर्फ गइरहेको समय रोहिणी टोल प्लाजाको नजिक विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसँग सोझै ठोक्किन पुग्दा उक्त दुर्घटना भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *