खरसाङ : खरसाङका निवर्तमान विधायक रोहित शर्माले विनयपन्थी गोजमुमोबाट राजीनामा दिएका छन्। तिनले हिजो विनयपन्थी मोर्चाबाट राजीनामा दिनको साथै गोजमुमो अध्यक्ष विनय तामाङलाई आफ्नो राजीनामा पत्र पठाएका छन्। तिनले राजीनामा दिनुको कारण बताउँदै केही दिन आफू राजनीतिबाट टाढ़ा रहनको लागि साथै आफू चुनाउमा हालसम्म सक्रिय नरहेकोले गर्दा नै विनयपन्थी मोर्चाबाट राजीनामा दिएको हुँ भनी जानकारी गराए।