रोजगार सम्बन्धित जानकारीमूलक कार्यक्रम सम्पन्न

सोनादा (निसं): आशारिका फाउण्डेशन रङबूल तथा उत्कर्ष बंगला केन्द्रअप्पर रमित सुनदहको संयुक्त आयोजनामा रोजगारसित सम्बन्धित एउटा जानकारीमूलक कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा 18 देखि 40 वर्षसम्म उमेर भएका कक्षा 8 देखि 12 पढेका वा अध्ययन गर्दै गरेका अथवा बीचैमा पढाइ छोडेका युवा भाइ-बहिनीहरू, स्व:निर्भर समूहका सदस्यवर्ग, आशाकर्मीहरू तथा गाउँ समाजका युवा-युवतीहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा होटल म्यानेजमेन्ट, सेल्स मेनेजमेन्ट, रिटेल डिस्ट्रिब्युशन सेल्सम्यानसीपको तालिम सम्बन्धी नि:शुल्क जानकारी गराइयो। स्मरण रहोस, उपर्युक्त विषयमा निःशुल्क तालिम दिइने अनि तालिम प्राप्त गरेपछि प्रमाण पत्र पनि दिइने बताइएको छ भने मासिक 50 रूपियाँको दरले भत्ता दिइने समेत जानकारी गराइएको छ। उक्त कार्यक्रमबारे उपेश शर्मा अनि हेमराज शाहले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *