रोमाञ्चक खेलमा कालेबुङ पुलिसलाई पराजित गरेर परिमल नगर एफसी सिलगढी सेमिफाइनलमा

सिलगढी : मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलाइएको क्वार्टर फाइनल खेलमा कालेबुङ पुलिसलाई पराजित गरेर परिमल नगर एफसी सिलगढी सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको 24औँ मिनटमा परिमल नगरका खेलाडी प्रबीर देवनाथले पहिलो गोल गरेर टोलीलाई बढत दिलाए भने द्वितीयार्द्धको खेलको 66औँ मिनटमा नवोदित नारगिनारीले थप एक गोल गरेर स्कोर 2-0 गोलमा पुर्‍याए। यसपछि 2 गोलले पछाडिएको कालेबुङ पुलिसले गोल सुल्याउने भरमग्दुर प्रयास गर्दै खेलको 70औँ मिनटमा प्रणित सुब्बाले आकर्षणीय गोल गरेर स्कोरलाई 2-1 गोलमा पुर्‍याए। तथापि, खेलको अन्तिम सिटी बज्दासम्म पनि थप गोल गर्न नसकेपछि पराजयको सामना गर्नको साथै प्रतियोगिताबाट बाहिरियो। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने परिमल नगर एफसीका खेलाडी फ्र्याङ्कोलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। भोलि मङ्गलबारको खेल युकेएफसी खरसाङ बनाम जर्जियन एफसी कालेबुङमाझ भिडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *