रोमाञ्चक खेलमा कुमार स्पोर्टिङलाई पराजित गरेर डीएसए डुवर्स सेमिफाइनलमा प्रवेश

सिलगढी : मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलाइएको चौथो क्वार्टर फाइनल म्याचमा कुमार स्पोर्टिङ क्लब गान्तोकलाई पराजित गरेर डीएसए डुवर्स सेमिफाइनलमा प्रवेश गरेको छ। खुबै रोमाञ्चक रहेको चौथो क्वार्टर फाइनल खेलमा डीएसएका खेलाडी हेमराज भुजेलले 7औँ मिनटमा विपक्षी नेटमा छिराएको एकमात्र दर्शनीय गोलको सहायतामा आफ्नो टोलीलाई अन्तिम चारमा पुर्‍याउन सफल भएको छ। यसैगरी, निर्धारित समयसम्म पनि कुनै गोल गर्न नसकेपछि कुमार स्पोर्टिङ गान्तोक प्रतियोगिताबाट बाहिरिएको छ। आजको खेलमा एकमात्र निर्णायक गोल गरेर टोलीलाई विजयी बनाउने डीएसए-का खेलाडी हेमराज भुजेललाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। भोलि बिहिबारको पहिलो सेमिफाइनल खेल दार्जिलिङ पुलिस बनाम जर्जियन एफसी कालेबुङमाझ भिडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *