रोमाञ्चक ट्राईब्रेकरमा रोयल एफसीलाई पराजित गरेर गार्जियन कालेबुङ विजय

सिलगढी : मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज रोयल एफसी सिलगढी बनाम गार्जियन एफसी कालेबुङमाझ सम्पन्न भयो। निर्धारित समयसम्म दुवै टोलीको स्कोर एक-एक गोल भएपछि खेलको निर्णय गर्नको लागि खेलाइएको रोमाञ्चक ट्राई ब्रेकरमा रोयल एफसी सिलगढी 5-3 गोलले पराजित गरेर गार्जियन एफसी कालेबुङ विजय बन्यो। खेलको शुरूआतदेखि नै दुवै दलका खेलाडीहरूले अति रोमाञ्चक खेलको प्रदर्शन गर्यो भने रोयल एफसीको तर्फबाट इन्द्रजीत छेत्रीले खेलको 46औँ मिनटमा पहिलो गोल गरेर आफ्नो टोलीलाई बढत दिलाए। यसको साथै द्वितीयार्द्धको खेलको 88औँ मिनटमा गार्जियन एफसीको तर्फबाट कुञ्जामन थापाले उत्कृष्ट गोल विपक्षी नेटभित्र छिराएपछि स्कोर बराबरमा पुर्‍याए। यसपछि खेलको अन्तसम्म कुनै गोल हुन नसकेपछि स्कोर 1-1 गोलको बराबरीमा पुग्यो। यसपछि खेलाइएको ट्राइब्रेकरमा रोयल एफसीलाई पराजित गरेर गार्जियन एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने गार्जियन एफसीको खेलाडी शैलेस लेप्चालाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। खेल आयोजक सूत्रले दिएको जानकारी अनुसार भोलि बुधबारको खेल कुमार स्पोर्टिङ गान्तोक बनाम सिलगढी युनाईटेडमाझ भीडन्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *