रोमाञ्चक ट्राई ब्रेकरमा लाब्दा ग्रीन टोली विजयी

मङपु : राइजिङ युथ क्लब लाब्दा विभागको आयोजनामा स्थानीय ग्राम सेभोक प्राथमिक पाठशालाको खेल मैदानमा आज लाब्दा ग्रीन बनाम रेगुलेसन युथ क्लबमाझ रोमाञ्चक फाइनल खेल सम्पन्न भयो। निर्धारित समयसम्म दुवै टोलीले बराबरी 2-2 गोल गरेपछि अन्तमा खेलाइएको ट्राई ब्रेकरमा लाब्दा ग्रीनले जीत हासिल गर्यो। आजको फाइनल खेलमा रेभुलेसन युथ क्लबका खेलाडी प्रवीण सुब्बालाई म्यान अफ् द म्याच अनि प्रशान्त गुरूङलाई म्यान अफ द सिरिज चयन गरेर ट्रफी प्रदान गरियो। आजको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा शुक्र राई, विशिष्ट अतिथिहरू चन्द्रकला राई, मदन राई, गगन थापा, प्रदीप छेत्री आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *