रोमाञ्चक ट्राइ ब्रेकरमा एकाडेमिक नाइट्स सिक्किमलाई पराजित गरेर दार्जिलिङ पुलिस अघिल्लो चरणमा

सुकना : उत्तर बङ्गालकै एक प्रतिष्ठित फुटबल टुर्नामेन्ट मानिने सुकुना गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो दिन मंगलबार खेलिएको अति रोमाञ्चक खेल अन्तर्गत ट्राइ ब्रेकरमा एकाडेमिक नाइट्स सिक्किमलाई पराजित गरेर दार्जिलिङ पुलिस अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समय 90 मिनटसम्म दुवै टोली दार्जिलिङ पुलिस अनि एकाडेमिक नाइट्सका खेलाडीहरूले गोल छिराउने भरमग्दुर प्रयास गरे तापनि असफल बनेपछि अन्तमा ट्राइ ब्रेकर खेलाइयो। उक्त ट्राइ ब्रेकरमा दार्जिलिङ पुलिसका गोल किपर धिरज बीकेले खुबै राम्रो खेलको प्रदर्शन गर्दै आफ्नो टोलीलाई 3-2 गोलको व्यवधानमा म्याचलाई जिताउनको साथै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ।


आजको खेलको उत्कृष्ट खेलाडीको रूपमा गोल्ड किपर धिरज बीकेलाई म्यान अफ द म्याच चयन गरेर आयोजक कमिटीको तर्फबाट पारितोषिक प्रदान गरियो। आयोजक समितिले दिएको जानकारी अनुसार उक्त टुर्नामेन्टमा उत्तर बङ्गाल, कोलकाता, सिक्किम, उत्तर पूर्व भारत, नेपाल र भुटानका 20 वटा नामीदामी टोलीले अंश ग्रहण गरेको छ। प्रतियोगिताको 2 वटा सेमिफाइनल 25 र 26 जनवरीमा खेलाइने छ भने फाइनल खेल 28 जनवरीमा विविध रङ्गारङ्ग कार्यक्रमको साथमा खेलाइनेछ। उक्त टुर्नामेन्टमा विजेता टोलीलाई आकर्षक ट्रफीको साथमा नगद 3 लाख रुपियाँ अनि उपविजेता टोलीलाई आकर्षक ट्रफीको साथमा 2 लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिने सुकना गेम्स एन्ड स्पोर्ट एसोसिएसनका अध्यक्ष संजय छेत्री जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *