रोङचोङ चालीस धुरामा सडकको खनन् कार्य शुरू

मङपु : रङ्ली-रङ्लियट ब्लक अन्तर्गत पर्ने रोङचोङ ग्राम पञ्चायतको चालीस धुरा, वार्ड नम्बर 6-मा हिल टीएमसी को-अर्डिनेटर नविन मिश्र नेतृत्वाधीन शिष्ट मण्डली लगायत चालीस धुरा जनकल्याण विकास समितिको सयुंक्त पहलमा बाटोको खनन् कार्य शुरू गरियो। उक्त क्षेत्रका ग्रामवासीले दीर्घदिनदेखि भोग्दै आइरहेको बाटोको समस्यालाई ध्यानमा राखेर चालीस धुरा पुरानो स्कुल मैदानदेखि जेसीबीद्वारा नयाँ बाटो खनन्‌को कार्य शुरूवात गरियो। बिजय तामाङको सभापतित्वमा सम्पन्न आजको कार्यक्रममा भूमि पुजनपछि नविन मिश्रको बाहुलीबाट नरिवल फुटाएर बाटोको खनन् कार्य शुरू गरियो। आजको कार्यक्रममा हिल टीएमसी मङ्पुबाट नविन मिश्र, सञ्जय थापा, पावल प्रधान, विशाल राई, अल्फ थापा लगायत ग्रामवासीको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *