रोङचोङमा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

लोहापुल : पहाडी युवा संघको आयोजना खुल्ला नृत्य प्रतियोगिता चन्द्रकला राईको अध्यक्षतामा रोङचोङ खेलकूद मैदानमा सम्पन्न भयो। उक्त प्रतियोगितामा समीर सुब्बा प्रथम, सन्जली राई दोस्रो र एन्जेल अनि समूहले तेस्रो स्थान प्राप्त गरेको छ।


नृत्य प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई 15 हजार नगद राशि सहित ट्रफी, दोस्रो हुनेलाई 10 हजार नगद राशि सहित ट्रफी अनि तेस्रो हुनेलाई प्रतियोगीहरूलाई 5 हजार नगद राशि सहित ट्रफी प्रदान गरियो। उक्त नृत्य प्रतियोगिताको निर्णायकको रूपमा प्रबास गोले अनि अनित खाती रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *