रोङ्गो ब्लकका युवाहरू गोरामुमोमा सामेल

कालेबुङ : कालेबुङ 28 नम्बर समष्टि रोङ्गो 45 ब्लकका 14 जना युवाहरूले गोरामुमोको सिद्धान्त अनि सोंचलाई समर्थन गर्दै गोरामुमोमा सामेल भएका छन्। विशाल तामाङको अध्यक्षतामा रोङ्गोमा बसेको साङ्गठनिक सभामा गोरामुमो 28 नम्बर समष्टि सभापति विशाल राई, पासाङ तामाङ, रोमन तामाङ र वाङदेन शेर्पाको नेतृत्वमा नयाँ युवाहरु गोरामुमोमा सामेल भएको बताइएको छ। ती युवाहरुलाई समष्टिका प्रतिनिधिहरुले खदा लगाइदिएर स्वागत जनाउँदै गोरामुमो पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने विशाल राईले निर्देश दिए। यसैक्रममा गोरामुमोमा कालेबुङबाट युवाहरु जोडिने क्रमलाई जारी राख्दै 24 नम्बर योग पिनताम ग्राम पञ्चायतबाट पनि धेरैजना युवाहरु गोरामुमोमा सामेल भएको गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङले जानकारी दिएका छन्। तिनले बताए अनुसार गोरामुमोले मात्र जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्दै आइरहेको छ भने पार्टी अध्यक्ष मन घिसिङको सोंच र जातिप्रतिको प्रेम अनि त्यागलाई देखेर गोरामुमोमा सामेल हुने युवाहरूले जाति र माटोको उन्मुक्तिको निम्ति काम गर्ने सोंच बनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *