रङटङमा रक्तदान शिविरको आयोजना

खरसाङ: महानन्द इकोटुरिज्म एण्ड कन्जरभेशन सोसाइटीको आयोजनामा खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि रङटङमा आज रक्तदान शिविरको आयोजना गरियो। रङटङ एसएसके भवनमा सम्पन्न रक्तदान शिविर महानन्द इकोटुरिज्म एण्ड कन्जरभेशन सोसाइटीको पहलमा लाइन्स क्लब सिलगढीको ह्युमानिटी र न्युटिया गेट वेल सुन-को सहयोगमा आयोजना गरिएको हो। यस रक्तदान शिविरमा लाटपञ्जार, सिमरिङ, शिवखोला, नरबुङ, सिपाहीधुरा, रङटङ, दुई नम्बर बस्ती क्षेत्रका मोठ 33 जना मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा सङ्कलन गरिएको रगत न्युटिया गेल सुन-मा पठाइनेछ। आजको रक्तदान शिविरबारे महानन्द इकोटुरिज्म एण्ड कन्जरभेशन सोसाइटीका सभापति डीपी प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आफूहरूले विभिन्न संघ संस्थासित मिलेर रक्तदान शिविर आयोजना गरेको र यस शिविरमा धेरैले स्वेच्छाले रक्तदान गरेको बताए। महानन्द इकोटुरिज्म एण्ड कन्जरभेशन सोसाइटीको मुख्य उद्देश्य पर्यावरण संरक्षण, पशु प्राणीको संरक्षण र पर्यावरण सचेतना गराउँदै कार्य गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *