रोनिक राईको गोलले युनाइटेड एफसी दार्जिलिङ च्याम्पियन

सिलगढी : जण्डा स्ट्राइकर रोनिक राईको दर्शनीय गोलको सहायतामा युनाइटेड एफसी दार्जिलिङले नवाङ्कुर सङ्घ सिलगढ़ीलाई पराजित गरेर मिलन मोड़ गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन बन्यो। मधुर मिलन संघ मिलन मोड़ सिलगढीको सफल आयोजनामा सम्पन्न भइरहेको सातौं फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत आज फाइनल म्याच युनाइटेड एफसी दार्जिलिङ बनाम नवाङ्कुर सङ्घ सिलगढ़ीमाझ रोचक भिड़न्त भयो। खेलको 39औ मिनटमा युनाइटेड एफसी दार्जिलिङका खेलाड़ी रोनिक राईले छिऱ्याएको एक मात्र दर्शनीय गोल निर्णायक बन्नको साथै आफ्नो टोलीलाई च्याम्पियन पनि बनाए। विजयी टोलीलाई आयोजक समतिको तर्फबाट नगद दुई लाखसहित गोल्ड कप प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापाले अनि उप विजेता टोलीलाई नगद एक लाखसहित आकर्षक ट्रफी अतिथिहरूको बाहुलीबाट प्रदान गरियो।


आजको रोमाञ्चक खेलमा राम्रो खेलको प्रदर्शन गरेर आफ्नो टोलीलाई विजयी बनाउने युनाइटेड एफसी दार्जिलिङका खेलाड़ी रोनिक राईलाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो। यसको साथै उक्त प्रतियोगितामा सबैभन्दा राम्रो खेलको प्रदर्शन गर्ने नवाङ्कुर संघका खेलाडी प्रणय राईलाई म्यान अफ् द सीरिज, हिमालयन स्पोर्टिङ क्लब दार्जिलिङलाई फेयर प्ले टीम, यगैगरी युनाइटेड दार्जिलिङका अर्ल्बट तिर्कीलाई वेस्ट गोलकीपर, युनाइटेड दार्जिलिङ दिवस तामाङलाई वेस्ट डिफेन्डर तथा आक्रमण सिक्किमका खेलाडी पेटाङ्गालाई वेस्ट गोलको रूपमा चयन गरेर ट्रफी प्रदान गरियो। यसैगरी, आजको फाइनल खेलको अवधि विभिन्न रङ्गारङ्ग नृत्य तथा गीतहरू पनि प्रस्तुत गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *