रोटारेक्ट क्लब साउथफिल्ड कलेजको नयाँ समिति गठन

दार्जिलिङ (निसं): दार्जिलिङको साउथफिल्ड कलेजको रोटारेक्ट क्लबको नयाँ समिति सञ्चालन अनि शपथ ग्रहणको निम्ति एउटा सभाको आयोजना गरियो। यस कार्यक्रममा प्रमुख अतिथि कलेजका प्राचार्य डा. अनुराधा राई अनि विशिष्ट अतिथि रोटरियन स्वेता च्याटर्जी अग्रवाल उपस्थित थिए। यस सभामा क्लबका पुराना समितिले विगत वर्षमा के कस्ता कार्यक्रम अनि परियोजनाहरू सम्पन्न गऱ्यो भन्ने जानकारी अध्यक्ष दिक्षा कार्कीले गराइन्। सभामा 20-22- 2023 कार्यकालको निम्ति अध्यक्ष याङछेन डी भोटिया, सचिव गुलशन आरा साथै अन्य पदाधिकारीहरूले क्लबमा निष्ठापूर्वक कार्य सञ्चालन गर्ने बारे शपथ ग्रहण गरे। कार्यक्रममा रोटरियन अमरसिंह राई, जोर्डन नर्बु, अमित जैन, रूपेश प्रधान, जित प्रधान आदि उपस्थित थिए भने सन्त जोसेफ कलेज साथै ज्ञानोदय निकेतन विद्यालयका विद्यार्थीहरूको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *