रोटरी क्लब अफ् सिलगढी सेन्ट्रलको तर्फबाट टीकाकरण शिविरको आयोजना

सिलगढी : रोटरी क्लब अफ् सिलगढी सेन्ट्रलको पहलमा तथा सिलगढी तराई लायन्स ब्लड सेन्टरको सहयोगमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव उपस्थित थिए। उक्त शिविरमा 18 देखि 45 वर्षसम्मकाहरूलाई कोभिशिल्डको पहिलो र दोस्रो खोप लगाइरहेको छ। रोटरी क्लब अफ् सिलगढी सेन्ट्रलका अध्यक्ष नवीन अग्रवालले सरकारी स्वास्थ्य विधि पालन गर्दै उक्त शिविरको आयोजना गरिएको छ भने लगभग 5 सयजनालाई उक्त शिविरमा कोरोनाको भ्याक्सिन लगाइने लक्ष्य राखेको बताए। उक्त शिविरमा रोटरी क्लब अफ् सिलगढी सेन्ट्रलका सचिव रजत अग्रवाल, हेमदत्त शर्मा, विशाल गुप्ता, मनोज गुप्ता, आशीष सिन्हाल, रामस्वरूप पटवारी, अतुल झावर, साकेट अग्रवाल, भवेश धिरासरिया लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *