रोटरी क्लब अफ् सिलगढी उत्तरायन-द्वारा वृक्षारोपण कार्यक्रम

सिलगढी : रोटरी क्लब अफ् सिलगढी उत्तरायनले हिन्दी दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्यो। यसको साथै क्लबको तर्फबाट हिन्दी भाषाको उत्थानमा योगदान पुर्‍याएका मानिसहरूलाई पनि सम्मान जनाइयो। यस अवसरमा क्लबको तर्फबाट उत्तरायन परिसरमा 60 वटा रुखको विरुवा रोपियो। कार्यक्रममा क्लबका अध्यक्ष आरटीएन गोपाल कायन, सचिव आरटीएन अजय गुप्ता र चेयरम्यान आरटीएन केके सिंह लगायत  अन्य सम्मानित सदस्यहरू उपस्थित थिए। स्मरण रहोस्, उक्त क्लबको तर्फबाट गत केही दिनमा पर्यावरण बचाउने तथा सिलगढी सहरलाई हरियालीयुक्त बनाउने उद्देश्य लिएर 250 भन्दा अधिक रुखको विरुवा रोपिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *