रोटरी क्लब अफ् सिलगढी मेट्रोपलिटनद्वारा राहत सामग्री वितरित  

सिलगढी : समाज सेवाको क्षेत्रमा कार्य गरिरहेको रोटरी क्लब अफ् सिलगढी मेट्रोपोलिटनका सदस्यहरूको तर्फबाट आज सुकनास्थित अचानक बस्तीमा आवश्यकमन्द परिवारहरूलाई राहत सामग्रीहरू वितरण गरियो। रोटरी क्लब अफ् सिलगढी मेट्रोपोलिटनका सदस्यहरूले आज अचानक बस्तीका मानिसहरूलाई ब्रेडचिउरा, गुड़, ब्लिचिङ पाउडर, नानीहरूको लागि चकलेट, मास्क आदि वितरण गर्नको साथै बेघर भएका चार परिवारलाई तारपोलिन पनि वितरण गरेको बताइएको छ। यस अवसरमा रोटरी क्लब अफ् सिलगढी मेट्रोपोलिटनका सचिव राकेश गर्ग अध्यक्ष शिव शङ्कर सरकार, उपाध्यक्ष ज्योति दे सरकार, प्रोजेक्ट चेयरम्यान योगेश प्रधाननवीन अग्रवाल लगायत क्लबका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *