रोटरी क्लब सिलगढी उत्तरायणको तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी : रोटरी क्लब सिलगढी उत्तरायणको तर्फबाट साहु युवा परिषद एवम् सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा रक्तदान शिविरको आयोजना गरियो। राङ्गापानीस्थित दार्जिलिङ सिमेन्ट फ्याक्ट्री परिसरमा आयोजना गरिएको शिविरमा सिमेन्ट फ्याक्ट्रीका श्रमिकहरूले रक्तदान गरे। विभिन्न अस्पतालहरूमा रगतको समस्या देखापरेकोले शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा संग्रहित गरिएको रगत तराई लायन्स ब्लड ब्याङ्क र रोटरी क्लब ब्लड ब्याङ्कमा पठाइनेछ। यस सम्बन्धमा रोटरी क्लब सिलगढी उत्तरायणका अध्यक्ष अजय कुमार गुप्ताले भने, हाल अस्पतालहरूमा रगतको समस्या देखा परेकोले गर्दा यसको समाधान गर्नको लागि शिविरको आयोजना गरिरहेका छौँ। यसभन्दा अघि पनि रक्तदान शिविरको आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *