रोयल बेङ्गल टाइगर शीलाको 3 वटा बच्चा हुर्किँदैछ विशेष हेरचाहमा

सिलगढी : रोयल बेङ्गल टाइगर शीलाले गत 12 अगस्तमा सिलगढीको बेङ्गल सफारी पार्कमा 3 वटा बच्चा जन्माएको थियो। उक्त 3 वटा बच्चाहरू आमा शीलाको स्नेहमा दिनदिनै हुर्किँदै गइरहेको छ। यी 3 वटा बच्चालाई चिकित्सकहरूको विशेष हेरचाहमा राखिएको छ। बेङ्गल सफारी पार्क कर्तृपक्षले दिएको जानकारीअनुसार रोयल बेङ्गल टाइगर शीलाको 3 वटा बच्चा हाल स्वस्थ रहेको साथै तिनीहरूको विशेष नजरदारी गरिरहेको छ। स्मरण रहोस्, यसभन्दा अघि पनि रोयल बेङ्गल टाइगर शीलाले 3 वटा बच्चा जन्माएकी थिइन् भने तीमध्ये एउटा बच्चा मरेको थियो। रोयल बेङ्गल टाइगर रिका र किका हाल उक्त पार्कको रौनक बनेको छ भने विशेष गरेर यिनीहरूलाई हेर्न नै मानिसहरू बेङ्गल सफारी पार्कमा आउने गर्छन्। हाल बेङ्गल सफारी पार्कमा 3 वटा नयाँ पाहुनाहरूलाई लिएर मोठ 7 वटा रोयल बेङ्गल टाइगरको संख्या पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *