रोयल एफसी सिलगढी निरपानीलाई पराजित गरेर फाइनलमा प्रवेश

खरसाङ (निसं): खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा खरसाङमा भइरहेको सहिद गोल्ड कप फुटबल टुर्नामेन्टको सेमिफाइनल खेलमा निरपानीलाई पराजित गरेर रोयल एफसी सिलगढी फाइनलमा प्रवेश गरेको छ। आज खेलिएको पहिलो सेमी फाइनल खेलमा रोयल एफसीले निरपानीलाई 3-1 गोलले पराजित गरेपछि फाइनलमा प्रवेश गरेको छ। रोयल एफसीको तर्फबाट कप्तान करण राईले 2 गोल अनि इन्द्रजीत छेत्रीले 1 गोल गरे भने निरपानी टोलीको पक्षमा नाइजेरियन खेलाड़ी बोयोमोले एक गोल गरे।


आजको सेमीफाइनल खेलमा रोयल एफसीको कप्तान करण राईलाई म्यान अफ् द म्यान चयन गरियो। अब आगामी 30 जनवरीको दिन हुने फाइनलमा अब रोयल एफसीको भिडन्त भोलि हुने दोस्रो सेमी फाइनल कालेबुङ जिल्ला पुलिस र गत वर्षको च्याम्पियन युनाइटेड ब्रदर्स कालेबुङमाझको विजयी टोलीसित हुने जानकारी खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको सचिव निर्मल गुरुङले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *