आर आर ब्लक भागोप्रमो-को कब्जामा, सभापति सुरज छेत्री र सहकारी सभापति ललित राई घोषित

तकदाह: गत पञ्चायत चुनाउको समिति स्तरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेपछि रंगली रंगलीयट खण्ड विकास कार्यालय अब आफ्नो कब्जामा आउने सुनिश्चत भएको हो। रंगली रंगलीयट खण्ड अधिनस्थ पञ्चायत समितिको मोठ 22 आसन मध्ये 14 आसनमा भागोप्रमो-का उम्मेदवारहरूले विजय हासिल गरिसकेका छन् भने सम्पूर्ण विजयी उम्मेदवारहरूले प्रशासनिक रूपमा आगामी 11 अगस्तको दिन शपथ ग्रहण गर्ने भएका छन्। त्यसै सन्दर्भलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी 11 अगस्तको दिन आफ्नो बहुमतमा खण्ड विकास समिति स्तरीय बोर्ड गठन गर्ने भएको बताइएको छ। उक्त बोर्ड गठनको पूर्वाधारलाई लिएर आज भागोप्रमो-ले आफ्नो साङ्गठानिक रूपमा  तकदाह क्लब साइडस्थित फरेष्ट बंग्लोमा सभा सम्पन्न गऱ्यो। उक्त सभालाई भागोप्रमो केन्द्रीय समितिका साङ्गठानिक सचिव एवं मङ्पु लाब्दा समष्टिका भारप्राप्त कार्यकारी सभासद रतनकुमार थापाले अध्यक्षता गरेका थिए। उक्त सभामा रंगली रंगलीयट खण्ड अधिनस्थ रहेका तकदाह टिस्टाभेल्ली समष्टिका अध्यक्ष एवं सभासद डेण्डुप पाखरीन, तकलिङ पेशोक समष्टिका सभासद मणिकुमार राई, कार्यकारी सभासद सिनोरा नाम्सु, कालेबुङ खण्ड एक (1)-का सहकारी सभापति उत्तम राई, जन सम्पर्क अधिकारी बिज्ञान मिश्र, केन्द्रीय सदस्य सञ्जय सुब्बा, भागोप्रमो दलीय समितिका निर्वाचित 14 सदस्य लगायत विभिन्न समष्टिका नारी अनि युवा शक्तिका नेतृत्वहरू उपस्थित थिए। सभालाई सभासद मणिकुमार राई, सभासद डेण्डुप पाखरीनले सम्बोधन गरे। सभासद पाखरीनले सभालाई सम्बोधन गर्दै भने, आजको सभाको औचित्य तपाईहरू सबैलाई थाहा भइसकेको छ। तपाई- हामी सबैले पार्टीको शिष्टाचारलाई शिरोपर गर्नुपर्छ। आज पञ्चायत समितिको बोर्डको निम्ति जो पनि सभापति र सहकारी सभापति चुनिनु हुन्छ, तपाईहरूले राम्रोसित काम गरिदिएको हुनुपर्छ। हिज पार्टीले टिकट दिँदा कसैलाई पनि सभापति र सहकारी सभापतिको टिकट हो भनेर दिएको थिएन। त्यसैले तपाईहरू सबै बराबर हुनुहुन्छ। यसैले आज पार्टीले रंगली खण्डको निम्ति सभापति र सहकारी सभापतिको नाम घोषणा गर्दा तपाईहरूबीच मन मुटाव गर्नु हुँदैन। तपाई हामी सबैले मिलेर काम गर्नुपर्छ।”

यसैगरी, भागोप्रमो केन्द्रीय समिति साङ्गठानिक सचिव रतनकुमार थापाले भने, “बिशेष हामीले पञ्चायत चुनाउ एक टीम भएर जितेका हौ। म पञ्चायत समिति र ग्राम पञ्चायतका निर्वाचित सदस्यहरूलाई बधाई दिनु चाहन्छु। भागोप्रमो साङ्गठनको निति निर्धारण गरेर चल्ने पार्टी हो। यही हाम्रो निति र सिद्धान्तको कारण नै भागोप्रमोले यसपाली पञ्चायत चुनाउमा नब्बे प्रतिशत विजय बन्न सफल बन्यौ। बिजयी उम्मेदवारहरूलाई जिताउनुमा पार्टीको ठूलो शक्ति र गुण छ। त्यो गुणलाई तपाईहरूले भुल्नु हुँदैन। त्यसैकारण तपाईहरूले पार्टीको सिद्धान्तलाई बुझेको हुनुपर्छ। अब निर्वाचित तपाईहरू सबैको जिम्मेवारी बढेको छ। तपाईहरू जनसेवा नि:स्वर्थ भावले गरेको हुनुपर्छ।” आफ्नो सम्बोधनको क्रममा सभासद थापाले केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशन अनुरूप रंगली खण्डको निम्ति सभापति सुरज छेत्री अनि सहकारी सभापति ललित राई लगायत टिस्टा ग्राम पञ्चायत प्रधान सोङमीत लेप्चा भनी संगठनको पक्षबाट आधिकारिक घोषणा गरे। उक्त घोषणालाई उपस्थित सबैले भारी करताल ध्वनीले स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes