आरएसएस-का समर्थकहरू ल्याएर अफवाह फैलाएको रञ्जन सरकारको आरोप

सिलगढी : भाजपाले बाहिरबाट आरएसएस-का मानिसहरू ल्याएर अफवाह फैलाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता परिस्थितिमाथि आफूहरूले नजर राखेको तृणमूल कांग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारले बताए। आज पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तिनले भाजपाले बाहिरबाट आरएसएसहरूलाई ल्याएर तृणमूल कांग्रेसलाई बदनाम गर्नको लागि मानिसहरूलाई दिग्भ्रमित पारिरहेको बताए। यसबारे आफूलाई थाहा भए तापनि पुलिसलाई हालसम्म खबर नगरेको तिनले दावी गरे। यसको साथै आज तिनले सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यलाई कटाक्ष कस्दै हिजो सिलगढीमा सम्पन्न तृणमूल कांग्रेसको विरोध र्‍यालीमा हजारौँको संख्यामा मानिसहरू उपस्थित भए तापनि भट्टाचार्यले मनपरी बोलिरहेको आरोप लगाए। सहरमा यति अधिक मानिसहरूको भीड देखेपछि कुनै पनि राजनैतिक पार्टीहरूले केही भन्ने अधिकार छैन। यो र्‍याली एउटा महार्‍याली थियो भन्नेबारे दुई मत नरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.