रूबेला भ्याक्सिनबारे सिलगढीको दीनबन्धु मञ्चमा महत्वपूर्ण बैठक

सिलगढी : रूबेला भ्याक्सिनबारे सिलगढीको दीनबन्धु मञ्चमा आज एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा सिलगढी नगरनिगम अधीनस्थ सबै सरकारी तथा गैर सरकारी स्कुलका शिक्षक-शिक्षिका, मेयर, दार्जिलिङका जिल्लाशासक, मेडिकलका अधिकारीहरू उपस्थित थिए। रूबेला भ्याक्सिन लगाउने विषयमा ग्रामाञ्चलका स्कुलहरूको तुलनामा सहरका स्कुलहरू धेरै पछि रहेको छ। यस विषयलाई लिएर मेयर तथा जिल्लाशासकले क्षोभ प्रकट गरे। यस विषयलाई लिएर आजको बैठकमा चर्चा परिचर्चा गरियो। सबै स्कुलहरूमा आगामी 11 फरवरीको अवधिमा रूबेला भ्याक्सिन लगाइसक्नु पर्नेछ। यसो नभएको खण्डमा सबै स्कुलहरूलाई पत्राचार गरिने जिल्लाशासकले चेताउनी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *