रूबियाले अन्तर्राष्ट्रिय योगा प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने

जलपाईगढी : अन्तर्राष्ट्रिय योगा प्रतियोगितामा जलपाईगढी माचेन रोड इलाकाकी रूबिया खातुनले अंश ग्रहण गर्ने भएकी छन्। मयनागुढी बाबला योगा ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेकी रूबिया खातुन बीएडकी छात्रा हुन्। अल इन्डिया दार्जिलिङ कप-मा च्याम्पियन बनेकी रूबिया खातुनले आगामी अप्रेल महिनामा ब्याङ्ककमा आयोजना हुने 12औँ एसिया योगाकप प्रतियोगितामा अंश ग्रहण गर्ने मौका पाएकी छन्। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर देशलाई गौरान्वित तुल्याउने तिनले मन्तव्य पोखेकी छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.