रुख लडेर श्रावण तामाङको घर पुर्णरुपले क्षतिग्रस्त

मङपु: मङपु सिन्कोना बगान लाब्दा विभाग निवासी श्रावण तामाङको घर गत राति परेको मुसुलधारे पानीको कारण दुईवटा फलेदो अनि बरको रुख जरासँगै घर माथि लड्दा घर सहित गाईको गोठ अनि बाथरुम पूर्णरुपले क्षतिग्रस्त बनेको छ।


गत राति लगभग 12.30 बजे रुख लडेर घर क्षतिग्रस्त भएको छ भने परिवार सदस्यहरूको ज्यान भने भाग्यले बाँचेको बताइएको छ। सिन्कोना बगान श्रमिक श्रवण तामाङको घरमा तिनी लगायत तिनकी आमा दिलमाया तामाङ, पत्नी रज्जु तामाङ अनि 12 बर्षीय छोरा लेनडुप तामाङ बस्ने गर्छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *