रम-रक्सीको व्यवसाय गर्ने तीनजना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना पुलिसले गैर कानुनी रूपमा मादक पदार्थ रम-रक्सीको व्यवसाय गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा देवव्रत महन्तो, सन्तोष साहा र महेश सिंह सामेल छन्। तिनीहरूबाट पुलिसले लगभग 26 लिटर देशी तथा विदेशी रम-रक्सी जफत गरेको छ। पुलिस सूत्र अनुसार प्रधान नगर थाना संलग्न इलाकामा गैर कानुनी रूपमा रम-रक्सीको व्यवसाय चलिरहेको खबर पाएर पुलिसले सादा पोशाकमा अभियान चलाएर यी तीनै जना आरोपीलाई रम-रक्सी सहित पक्राउ गरेको छ। प्रधान नगर थानाले पक्रा पर्ने तीनै जनालाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले मामिलाको विस्तृत छानबीन गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *