रम-रक्सीको अनलाइन डेलिभरी व्यवस्था फिर्ता लिइनुपर्ने मागमा एआईडीवाईओ-द्वारा राजगञ्जका बीडीओलाई ज्ञापन

राजगञ्ज : राज्य सरकारको रम-रक्सीको अनलाइन डेलिभरी व्यवस्था फिर्ता लिइनुपर्ने माग गर्दै आज एआईडीवाईओ संगठनद्वारा राजगञ्जका बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। अल इन्डिया डेमोक्रेटिक युथ अर्गनाइजेसन राजगञ्ज ब्लक कमिटीको तर्फबाट आज राजगञ्जमा बीडीओ कार्यालयअघि विक्षोभ प्रदर्शन गर्नको साथै बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। संगठनका सभापति बीरेन पालले बताएअनुसार राज्य सरकारले राजस्व संकलनको नाममा घर-घरमा रम-रक्सी पुर्‍याउने उद्देश्य लिएर अनलाइन डेलिभरी व्यवस्था शुरू गर्ने भएकोले यसलाई रद्द गरिनुपर्ने मागमा आज संगठनका सदस्यहरूले बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो। रम-रक्सीको अनलाइन डिलेभरी व्यवस्था शुरू भए छात्र लगायत युवा समाजमा नैतिक पतन अझ बढेर जाने भएकोले आफूहरूद्वारा चाँडै उक्त व्यवस्था फिर्ता लिइने माग गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *