रूङसुङ खोलाको बाढले गाडीधुराका मानिसहरू आतङ्कित

खरसाङ : गाड़ीधुराको रूङसुङ खोलामा लगातार परिरहेको पानीको कारण आज अन्य दिनभन्दा धेर बाढ़ी आएको कारण क्षेत्रवासी निक्कै आतंकित बनेका छन्। खोलामा बाढ़ी आएको कारण मानिसहरू आ-आफ्नो घरबाट बाहिर निस्किए भने कत्तिले घरका मूल्यवान र आवश्यक समानहरू पनि सुरक्षित स्थानतिर सार्न थालेको देखियो। यसबारे जानकारी गराउँदै स्थानीय अनुप रामुदामुले लगातार रूपमा परेको पानीको कारण रूङसुङ खोलामा बाढ़ी आएर सम्पूर्ण गाड़ीधुरालाईनै चिन्तामा पारेको बताए। तिनले अघिल्लो वर्षहरूमा पनि यहाँ यसप्रकार बाढ़ी आउने गरे तापनि यस वर्ष अझ धेर पानी परेर खोलामा बाढ़ी आएको कारण धेरै क्षति गरेको जनाए। अर्कोतिर, स्थानीय समृत छेत्रीले बाढ़लको कारण खोलाको बाँध भत्काइदिएको तथा मानिसहरूको जमीन नष्ट गरिदिएको अवगत गराउँदै अहिलेको यस्तो स्थितिको बारेमा सम्बन्धित विभागलाई जानकारी गराएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *